काठमाडौं - संवैधानिक परिषद्को बैठक अहिले बसिरहेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना रहेको छ ।

OM Sai Pathibhara Hospital

यस अघि शुक्रबार बसेको बैठकमा नयाँ प्रधानन्यायाधीश शिफारिस बारे छलफल भएको थियो ।

प्रधानमन्त्री अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन् ।

यो बैठक २८ भदौमा भएको बैठकको निरन्तरता हो, जसमा कुनै निणर्य नगरी समाप्त भएको थियो । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । 

संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानु भन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था थियो । तर दलहरुबीचको मतभेदका कारण परिषद् बैठक बस्न सकेको थिएन ।