काठमाडौं–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा क्यानाडाको टोरन्टो प्रस्थान गरकी छिन् । राणा सोमबार सेप्टेम्बर १९ र २० मा आयोजना हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन क्यानाडा गएकी हुन् ।  

क्यानाडा र जमैकाको आयोजनामा हुने यस बैठकमा १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्रीहरूको सहभागिता रहनेछ । मन्त्री डा. राणाले यस अवसरमा राजनीति, नेतृत्व र सार्वजनिक पदमा महिलाहरूको उपस्थिति र चुनौतीबारे सम्बोधन गर्नेछिन् । 

OM Sai Pathibhara Hospital

क्यानाडा भ्रमणपछि डा. राणा संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन सेप्टेम्बर २१ मा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको छ । महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । अमेरिकामा रहँदा मन्त्री डा. राणाले विभिन्न फोरमहरूमा सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ । 

अमेरिका भ्रमणपछि डा. राणा दोहा प्रस्थान गर्नेछिन् जहाँ उहाँ अक्टोबर २ र ३ मा एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा सहभागी हुनेछिन् । उनी अक्टोबर ४ मा स्वदेश फर्कनेछिन् ।