समाचार

    Showing 16,371-16,380 of 25,875 items.
  • दुर्गा प्रसाईंले हिरासतमै गरे बिद्रोह सुरुगरे अनशन

    काठमाण्डौ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थालेका छन्। उनले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थालेका हुन्। आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनशन सुरु गरेका हुन। प्रसाईं गम्भीर खालको क्यान्सरको बिरामी भएपनी हिरासतमै राख्ने भनेर प्रहरी सिंहदरबार वृत्तमा लगेको थियो।साइबर अपराधको आरोपमा प्रहरीले प्रसाईंलाई आइतबार पक्राउ गरेको थियो। उनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट समेत हालेका छन् भने मंगलबार अदालतले कारण देखाऊ आ

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 511 पटक पढिएको
  • नेपाल प्रहरिमा ४१ एसपीको सरूवा

    काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असजो महिनादेखिको तलब, भक्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन्। एसपीको सूची हेर्नुहोस् :-

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 584 पटक पढिएको
  • राजस्व छलिको ट्रक प्रहरिको नियन्त्रणमा

    मोरङ   ।   राजस्व चुहावट भएको सामान सहित सवारीसाधन नियन्त्रण मोरङ प्रहरिले नियन्त्रणमा लिएको छ।मिति २०८१/०६/०८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको टोलीले जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं. १४ स्थित नेपाल टेलिकम अगाडी भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.१-०२-००२ख ०४१६ नं. र सोही तर्फबाट आउदै गरेको ना ४ ख ८८४७ नं. को ट्रकहरूमा सामानहरूको बिल बिजक भन्दा बढी भएको साथै कम मुल्याङकन गरी HOUSEHOLDGOODS, KITCHEN&AGRICULTURAL SPRAY लगायतका अन्दाजी रू.१,३५,००,०००। ( अक्षेरूपी: एक करोड पैतिस लाख रुपैया) बराबरको सामानहरू सहित उक्त ट्रकहरू समेत नियन्

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 404 पटक पढिएको
  • कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता

    काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ ।मंगलवार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबहाक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो । त्यस अवसरमा बोल्दै कार्यवाहक प्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरु समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 233 पटक पढिएको
  • मलामी लिएर फर्किएको बस दुर्घटना

    उदयपुर– वेलका नगरपालिका-८ स्थित सेतिखोलामा मलामी लिएर फर्किएको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।घाइतेमध्ये २० जनाको नगर अस्पताल रामपुरमा उपचार भइरहेको र बाँकी ६ जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक मौषम उदाशले जानकारी दिए।प्रदेश १-०२-००१ख८२५३ नम्बरको बस करिब दिउँसो १२ बजेतिर मलामी लिएर फर्किने क्रममा सडकदेखि १२ मिटर तल गएर पल्टिएको थियो। बसमा कति यात्रु थिए भन्ने तथ्यांक संकलन गर्ने काम भइरहेको प्रहरी निरीक्षक उदाशले जनाए।दुर्घटना परेको बसले मंगलबार बिहान पालिकाको ५ नम्बर वडामा रहेको घुम्ने भन्न

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 373 पटक पढिएको
  • नेपाल पत्रकार महासङ्घको निर्वाचनमा ढिलाइ, सर्वोच्चद्धारा लिखित जवाफ माग

    काठमाडौं–सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइपछि पत्रकार महासङ्घलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घविरुद्ध दायर गरेको रिटमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग गरिएको छ । रिटमा वर्तमान कार्यसमितिले निर्धारित समयमा निर्वाचन गराउन नसकेपछि वैकल्पिक समाधान दिनुपर्ने माग गरिएको छ ।

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 408 पटक पढिएको
  • विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं–झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री यामबहादुर लिम्बूको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकमा प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६२ वर्षीय लिम्बू गम्भीर घाइते भएका थिए । उनीलाई उपचारका लागि बिएण्डसी अस्पतालमा पुर्‍याइए पनि आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो। मोटरसाइकल चालक विकास लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 453 पटक पढिएको
  • क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता जनाएका छन् ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्रीलाई भेट्दै प्रवासी नेपाली मञ्चलगायतका विभिन्न संस्थाले सो क्षेत्रमा महावाणिज्यदूतावासको माग गरेका थिए ।प्रधानमन्त्री ओलीले क्यालिफोर्नियामा महावाणिज्यदूतावास खोल्नेबारे सरकार सकारात्मक रहेको र चाँडै निर्णय हुने बताए । सो क्षेत्रमा करिब एक लाख नेपाली रहेको र न्युयोर्क वा वासिङ्टन डिसीको महावाणिज्यदूतावासमा सेवा लिन टाढा पर्ने भएकाले स्थानीय संस्थाहरूले महावाणिज्यदूतावासको माग गरेका

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 332 पटक पढिएको
  • भारत जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २३ जना घाइते

    काठमाडौं–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए । दुर्घटनामा २३ जना यात्रु घाइते भए पनि अन्य सबै यात्रु सकुशल रहेको बताइएको छ । घाइतेहरूको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 324 पटक पढिएको
  • एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

    काठमाण्डौ  ।   एसईई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थीहरूले ग्रेड प्राप्त गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा) को नतिजा सोमबार प्रकाशन गरेको हो।नतिजा अनुसार परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका परीक्षा बोर्डले जनाएको छ। विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहज

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 428 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.