काठमाण्डौ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थालेका छन्। 

उनले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थालेका हुन्। आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनशन सुरु गरेका हुन। प्रसाईं गम्भीर खालको क्यान्सरको बिरामी भएपनी हिरासतमै राख्ने भनेर प्रहरी सिंहदरबार वृत्तमा लगेको थियो।

OM Sai Pathibhara Hospital

साइबर अपराधको आरोपमा प्रहरीले प्रसाईंलाई आइतबार पक्राउ गरेको थियो। उनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट समेत हालेका छन् भने मंगलबार अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।