काठमाडौं–झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री यामबहादुर लिम्बूको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकमा प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६२ वर्षीय लिम्बू गम्भीर घाइते भएका थिए । 

उनीलाई उपचारका लागि बिएण्डसी अस्पतालमा पुर्‍याइए पनि आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो। मोटरसाइकल चालक विकास लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।