मोरङ   ।   राजस्व चुहावट भएको सामान सहित सवारीसाधन नियन्त्रण मोरङ प्रहरिले नियन्त्रणमा लिएको छ।

मिति २०८१/०६/०८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको टोलीले जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं. १४ स्थित नेपाल टेलिकम अगाडी भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.१-०२-००२ख ०४१६ नं. र सोही तर्फबाट आउदै गरेको ना ४ ख ८८४७ नं. को ट्रकहरूमा सामानहरूको बिल बिजक भन्दा बढी भएको साथै कम मुल्याङकन गरी HOUSEHOLDGOODS, KITCHEN&AGRICULTURAL SPRAY लगायतका अन्दाजी रू.१,३५,००,०००। ( अक्षेरूपी: एक करोड पैतिस लाख रुपैया) बराबरको सामानहरू सहित उक्त ट्रकहरू समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा  बुझाईएको ।