काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता जनाएका छन् ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्रीलाई भेट्दै प्रवासी नेपाली मञ्चलगायतका विभिन्न संस्थाले सो क्षेत्रमा महावाणिज्यदूतावासको माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले क्यालिफोर्नियामा महावाणिज्यदूतावास खोल्नेबारे सरकार सकारात्मक रहेको र चाँडै निर्णय हुने बताए । सो क्षेत्रमा करिब एक लाख नेपाली रहेको र न्युयोर्क वा वासिङ्टन डिसीको महावाणिज्यदूतावासमा सेवा लिन टाढा पर्ने भएकाले स्थानीय संस्थाहरूले महावाणिज्यदूतावासको माग गरेका हुन् ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, नेपाली सोसाइटी अफ टेक्ससले पनि टेक्ससमा महावाणिज्यदूतावास खोल्न माग गरेको छ । साथै, क्यानडामा रहेका नेपालीहरूले नेपालमा क्यानाडाको दूतावास खोल्न आग्रह गरेका छन् ।