काठमाडौं–सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइपछि पत्रकार महासङ्घलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घविरुद्ध दायर गरेको रिटमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग गरिएको छ । रिटमा वर्तमान कार्यसमितिले निर्धारित समयमा निर्वाचन गराउन नसकेपछि वैकल्पिक समाधान दिनुपर्ने माग गरिएको छ ।