काठमाडौं–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए । दुर्घटनामा २३ जना यात्रु घाइते भए पनि अन्य सबै यात्रु सकुशल रहेको बताइएको छ । घाइतेहरूको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।