समाचार

    Showing 16,331-16,340 of 25,875 items.
  • बाढी, पहिरो र डुबानबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

    काठमाडौं – भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्र ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा ५, र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 473 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहे

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 366 पटक पढिएको
  • विपद् अपडेट : बाढीपहिरोमा परी ८७ जनाको मृत्यु, ७२ बेपत्ता

    काठमाडौं–अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन्। पछिल्लो तीन दिनको भारी वर्षासँगै बेलुका ८:३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ पुगेको हो ।सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेका अनुसार काठमाडौं उपत्यकामा मात्र ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच, र ललितपुरमा १८ जनाको ज्यान गएको छ । यस्तै, कोशी प्रदेशमा १०, बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ ।बेपत्ता भएका ७२ जनामध्ये उपत्यकामा २१, बागमतीमा ३९, कोशीमा नौ, मधेशमा एक, र लुम्बिनीमा दुई जना छन्। काभ्रेमै १४ जनाको मृत्यु भएको छ भने मकवानपुर, पाँचथर, सिन्ध

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 602 पटक पढिएको
  • तीन दिनको अविरल वर्षापछि बाढी, पहिरो र डुबानमा ६६ जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी साँझसम्म ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेका अनुसार देशभर ३५ जना घाइते भएका छन्। उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ, जसमा काठमाडौँमा ११, ललितपुरमा १८, र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। यस्तै, काभ्रेमा १४, पाँचथरमा ५, सोलुखुम्बुमा २, धनकुटामा २, सुनसरीमा १, धादिङमा १, सिन्धुपाल्चोकमा ४, र दोलखामा ३ जनाको मृत्यु भएको छ। ७९ जना बेपत्ता छन्, ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, र अन्य जिल्लामा पनि बेपत्ता हुनेहरूको संख्या बढिरहेको छ। २,००० भन्दा

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 707 पटक पढिएको
  • अविरल वर्षाका कारण उपत्यकासहित विभिन्न स्थानमा ३० जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा २१ र देशका अन्य भागमा ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले १,९४७ सुरक्षाकर्मी परिचालन गरेको छ, जसमा २३ वटा र्‍याफ्टिङ बोटसहित ७६० जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी र पहिरोका कारण १६२ स्थानमा क्षति भएको छ ।काठमाडौं र ललितपुरमा ९र९, काभ्रेपलान्चोक र भक्तपुरमा ३र३, पाँचथर र धनकुटामा २/२, र झापा र धादिङमा १र१ जनाको मृत्यु भएको छ। भक्तपुरको सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी पसेपछि १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरिएको छ । 

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 546 पटक पढिएको
  • बाढी र पहिरोको जोखिमलाई सामना गर्न प्रधानमन्त्री ओलीको आह्वान

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशभरि भइरहेको अविरल वर्षा र त्यसका कारण आएको बाढी र पहिरोले जनधनमा भएको क्षतिका बारेमा गम्भीर अपिल गरेका छन्। उनले गृहमन्त्री रमेश लेखकसँग फोनमा कुराकानी गर्दै विपद् उद्धारको कार्यमा संलग्न सुरक्षा बलका टोलीलाई पूर्ण क्षमतामा खटाइएको जानकारी दिएका छन्।प्रधानमन्त्री ओलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका विपद् उद्धार टोलीलाई उद्धार साधनसहित खटाइएको छ भने केही ठाउँमा उद्धारमा ढिलाइ भएको जानकारी आएको छ। उनले स्थानीय प्रमुख जिल्ला अधिकारीहरूले पनि जिम्मेवारीपूर्वक उद्धारको काम अघि बढाउनु पर्छ भनेका छन्।मौसमविद्हरूका अनुसार आज पनि वर्षा ह

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 395 पटक पढिएको
  • कोशी ब्यारेजका सबै ढोका खुले

    काठमाडौं–अविरल वर्षाका कारण कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ । सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक पुगेको थियो, जुन खतराको तहभन्दा माथि छ । ब्यारेजको नियन्त्रणमा रहेको भारतीय पक्षले सबै ढोका खोल्दै, सतर्कता अपनाउन आग्रह गरेको छ । अनुमानअनुसार बाढीको मापद ६ लाख ८१ हजार ६३९ क्युसेकसम्म पुग्न सक्नेछ । यसपछि, सुनसरी र सप्तरीका स्थानीय प्रशासनले सतर्कता अपनाउँदै बाढीमा दाउरा निकाल्न र माछा मार्न प्रतिबन्ध लगाएका छन् ।भारतका जल संसाधन विभागले पनि प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 524 पटक पढिएको
  • उद्धारको पर्खाइमा रहेका चार जनालाई बाढीले बगायो

    काठमाडौं– ललितपुर महानगरपालिका-१४ स्थित कान्तिपुर कोलोनिमा शनिबार बिहान करिब ९:१५ बजे नख्खु खोलामा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार, ती व्यक्ति उद्धारको आसमा घरको छतमा फसेको बेला नख्खु खोलाको जलस्तर एक्कासि बढेपछि बाढीले बगाएको हो । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको छ र उनीहरूको खोजी कार्य जारी छ । लगातारको भारी वर्षाले खोलामा पानीको सतह उच्च भएको र वरपरका बस्तीहरूलाई समेत जोखिममा पारेको स्थानीय प्रशासनले जनाएको छ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 278 पटक पढिएको
  • अविरल वर्षापछि कहाँ कति क्षति ?

    काठमाडौं— हिजोदेखिको लगातार वर्षाले देशका सबै नदी र खोलामा बाढी आएको छ । एक सयभन्दा धेरै वर्षामापन केन्द्रमा सतर्कता तह भन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी, नारायणी, बागमती, पश्चिम राप्ती, तिनाउ, बाणगङ्गा, मेची, कन्काइ, लालबकैया लगायतका नदी र ती नदीका सहायक नदी तथा खोलामा बाढीले सतर्कता तह पार गरेको छ । अरू नदी खोलामा पनि बाढी आएकाले उच्च सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।विभागले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक यात्रा नगर्न, होचो भू–भागमा भए सुरक्षित र उचाइमा रहेको ठाउँमा जान तथा

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 266 पटक पढिएको
  • कुलेखानीको ड्याम भरिएपछि ढोका खोलियो

    काठमाडौं— अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताए । उनको अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष कुलेखानी जलाशय

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 425 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.