काठमाडौं–अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन्। पछिल्लो तीन दिनको भारी वर्षासँगै बेलुका ८:३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ पुगेको हो ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेका अनुसार काठमाडौं उपत्यकामा मात्र ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच, र ललितपुरमा १८ जनाको ज्यान गएको छ । यस्तै, कोशी प्रदेशमा १०, बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

बेपत्ता भएका ७२ जनामध्ये उपत्यकामा २१, बागमतीमा ३९, कोशीमा नौ, मधेशमा एक, र लुम्बिनीमा दुई जना छन्। काभ्रेमै १४ जनाको मृत्यु भएको छ भने मकवानपुर, पाँचथर, सिन्धुपाल्चोक, र दोलखामा पनि जनधनको क्षति भएको छ ।

यसबीच, ४,००० भन्दा बढी व्यक्तिहरूलाई विभिन्न प्रभावित स्थानबाट उद्धार गरिएको छ ।