काठमाण्डौ   ।    देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।