काठमाडौं–अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी साँझसम्म ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेका अनुसार देशभर ३५ जना घाइते भएका छन्। 

उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ, जसमा काठमाडौँमा ११, ललितपुरमा १८, र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। यस्तै, काभ्रेमा १४, पाँचथरमा ५, सोलुखुम्बुमा २, धनकुटामा २, सुनसरीमा १, धादिङमा १, सिन्धुपाल्चोकमा ४, र दोलखामा ३ जनाको मृत्यु भएको छ। 

OM Sai Pathibhara Hospital

७९ जना बेपत्ता छन्, ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, र अन्य जिल्लामा पनि बेपत्ता हुनेहरूको संख्या बढिरहेको छ। २,००० भन्दा बढीको उद्धार गरिएको र दुई सयभन्दा बढी घरमा क्षति पुगेको छ। 

नेपाल प्रहरीका सहप्रवक्ता विश्व अधिकारीले सुरक्षा निकाय र उद्धार संस्थाहरूको सहकार्यमा उद्धार कार्य निरन्तर भइरहेको जनाएका छन्। नेपाल प्रहरीले १०,००० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।