काठमाडौं– ललितपुर महानगरपालिका-१४ स्थित कान्तिपुर कोलोनिमा शनिबार बिहान करिब ९:१५ बजे नख्खु खोलामा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा रहेको प्रहरीले जनाएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार, ती व्यक्ति उद्धारको आसमा घरको छतमा फसेको बेला नख्खु खोलाको जलस्तर एक्कासि बढेपछि बाढीले बगाएको हो । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको छ र उनीहरूको खोजी कार्य जारी छ । 

OM Sai Pathibhara Hospital

लगातारको भारी वर्षाले खोलामा पानीको सतह उच्च भएको र वरपरका बस्तीहरूलाई समेत जोखिममा पारेको स्थानीय प्रशासनले जनाएको छ।