काठमाडौं – भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्र ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा ५, र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।