काठमाडौं–अविरल वर्षाका कारण कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ । सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक पुगेको थियो, जुन खतराको तहभन्दा माथि छ । 

ब्यारेजको नियन्त्रणमा रहेको भारतीय पक्षले सबै ढोका खोल्दै, सतर्कता अपनाउन आग्रह गरेको छ । अनुमानअनुसार बाढीको मापद ६ लाख ८१ हजार ६३९ क्युसेकसम्म पुग्न सक्नेछ । यसपछि, सुनसरी र सप्तरीका स्थानीय प्रशासनले सतर्कता अपनाउँदै बाढीमा दाउरा निकाल्न र माछा मार्न प्रतिबन्ध लगाएका छन् ।

OM Sai Pathibhara Hospital

भारतका जल संसाधन विभागले पनि प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।