समाचार

    Showing 16,071-16,080 of 25,875 items.
  • हतियार र नक्कली नोटसहित दुई भारतीय पक्राउ

    सर्लाही — गोडैता नगरपालिका-१२ बाट सोमबार बिहान नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरका २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा भारत बिहारको सितामढी मेजरगंज थाना अन्तर्गत बसविटा ग्रामपंचायतको रसुलपुर गाउँका २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित पक्राउ गरेको हो।प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 395 पटक पढिएको
  • मकवानपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

    काठमाडौं–मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित मदन भण्डारी लोकमार्गमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७६ नम्बरको स्कुटरले ठक्कर दिँदा ४८ वर्षीया गङ्गा पहरीको मृत्यु भएको हो। ठक्करबाट पहरीका ५ वर्षीय अनुप पहरी घाइते भएका छन्।गम्भीर घाइते गङ्गा पहरीलाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो। घाइते अनुपको उपचार सोही अस्पतालमा भइरहेको छ। स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडाका २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरह

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 320 पटक पढिएको
  • थाई एयर एसियाको उडान पुनः सुरु

    काठमाडौं–थाई एयर एसियाले काठमाडौं र भैरहवा विमानस्थलबाट पुनः व्यावसायिक उडान सुरु गरेको छ। काठमाडौँमा चार र भैरहवामा दुई उडान गर्ने अनुमति पाएको एयरलाइन्सले आइतबारदेखि उडान सञ्चालन गरेको हो। यसअघि १० महिना स्थगित गरेको कुवेतको जजीरा एयरले पुनः उडान सुरु गर्दैछ। युएईको फ्लाई दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ।सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजना अगाडि बढाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी २७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५ सम्मको 'विन्टर सेड्युल' बनाएको छ। नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 170 पटक पढिएको
  • काठमाडौंमा पानी पर्यो : जनजीवन र हवाई उडान प्रभावित

    काठमाडौं — काठमाडौं उपत्यकामा बिहानैदेखि परेको वर्षाले जनजीवन र हवाई उडानमा असर पुर्याएको छ। कमजोर भिजिबिलिटीका कारण काठमाडौंबाट तराई क्षेत्रतर्फका उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रतर्फको अधिकांश उडान रद्द भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला लगायतका दुर्गम गन्तव्यमा बाक्लो तुवालोका कारण उडान हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। आन्तरिक उडानमा इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) मात्र सञ्चालनमा छन् भने भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान सम्भव नभएको विमानस्थल प्रशासनले जनाएको छ।विपरीत मौसमका कारण उडान प्रभ

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 387 पटक पढिएको
  • जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन भीड, टोली परिचालन

    काठमाडौं–सरकारले विभिन्न सेवा-सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जुम्लामा परिचयपत्र बनाउनेको चहलपहल बढेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, गत एक वर्षमा ६ हजार ५५६ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन्।कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० भन्दा बढी सेवाग्राही आउने गरेका छन्। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ हजार २२९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन्, जिल्ला प्रशासन कार्यालयका प्रमुख रामबहादुर शाहीले जानकारी दिनुभयो।जिल्लाका आठवटै स्थानीय तहमा पुगेर राष्ट्रिय परिचयपत्र बनाउने टोली परिचालन गरिएको छ। साथै, स्वदेशमा रोजगार सम्भावना न्यून भएकाले विदेश ज

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 384 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक\दुई

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 416 पटक पढिएको
  • मिथिलाञ्चलमा भैयादुज पर्व: दिदीबहिनीको दाजुभाइप्रतिको दीर्घायुको कामना

    काठमाडौं–महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज भैयादुज पर्व उल्लासमय रूपमा मनाइँदैछ। यो पर्वमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सौर्यवृद्धि र कल्याणको कामना गर्दै पूजन गर्ने मैथिल परम्परा छ। विवाहित दिदीबहिनीले आफ्ना दाजुभाइलाई घरमा निम्त्याई पिठारले अरिपन बनाएर सप्तरङ्गी टिका लगाइदिन्छन्। दाजुभाइलाई बजरी खुवाउने परम्परा पनि यस पर्वमा विशेष छ, जसको अर्थ दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना गर्नु हो।मैथिल लोकपरम्परामा यमपञ्चकको यो अन्तिम दिन भैयादुजलाई खास महत्व दिइन्छ, जसमा दाजुभाइले आफ्ना दिदीबहिनीलाई नयाँ वस्त्र र दक्षिणा प्रदान गर्दछन्। यस परम्पराले दिदीबहिनी र दाजुभाइबीचको आपसी

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • 434 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • 384 पटक पढिएको
  • भाइटीकाको दिन कहाँ-कहाँ हुनेछ वर्षा ? मौसम पूर्वानुमान अपडेट

    काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले यसपटकको तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार शुक्रबार पनि मौसम बदली भई छिटपुट वर्षा भएको छ।आइतबारको भाईटीकामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ। पानी क्षणिक रूपमा नै पर्नेछ र निरन्तर वर्षा हुने छैन।महाशाखाले शनिबार साँझसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपातको संभावना रहेको जनाएको छ। यसले कृषि, स्वास्थ्य र यातायातमा क्षणिक असर पर्न सक्छ

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 347 पटक पढिएको
  • एयर इन्डियाको जहाजमा बमको सूचना गलत ठहर

    काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम भएको सूचना आएपछि गरिएको व्यापक सुरक्षा जाँचमा कुनै खतरनाक पदार्थ फेला परेको छैन। सुरक्षा जाँच पूरा भएपछि जहाजलाई दिल्ली उडानका लागि अनुमति दिइएको छ।दिउँसो ३:३९ बजे १६८ यात्रु बोकेर काठमाडौं आइपुगेको यो जहाजमा उडान तयारी भइरहँदा ४:३१ बजे बमको सूचना प्राप्त भएपछि सबै यात्रुलाई ओरालेर विमान र लगेजको सुरक्षा जाँच गरिएको थियो। विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर विकका अनुसार, कुकुरसमेतको प्रयोग गरेर लगेज र जहाजको पुन: जाँच गरिए पनि कुनै खतराजनक वस्तु फेला परेको छैन।सुरक्षाका लागि सूचना प्राप्त भएलगत्त

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.