काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले यसपटकको तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार शुक्रबार पनि मौसम बदली भई छिटपुट वर्षा भएको छ।

आइतबारको भाईटीकामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ। पानी क्षणिक रूपमा नै पर्नेछ र निरन्तर वर्षा हुने छैन।

OM Sai Pathibhara Hospital

महाशाखाले शनिबार साँझसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपातको संभावना रहेको जनाएको छ। यसले कृषि, स्वास्थ्य र यातायातमा क्षणिक असर पर्न सक्छ।

नोभेम्बर ९ पछि काठमाडौँसहित देशभर चिसो बढ्न सक्ने बताइएको छ। तापक्रम ३ डिग्री सेल्सियससम्म घट्ने अनुमान गरिएको छ। शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्री सेल्सियस थियो। चिसोयाम सुरु भएपछि स्वास्थ्य समस्याहरू जस्तै दम र रुघाखोकी हुने सम्भावना रहन्छ, त्यसैले सतर्कता अपनाउन सुझाव दिइएको छ।