काठमाडौं–थाई एयर एसियाले काठमाडौं र भैरहवा विमानस्थलबाट पुनः व्यावसायिक उडान सुरु गरेको छ। काठमाडौँमा चार र भैरहवामा दुई उडान गर्ने अनुमति पाएको एयरलाइन्सले आइतबारदेखि उडान सञ्चालन गरेको हो। यसअघि १० महिना स्थगित गरेको कुवेतको जजीरा एयरले पुनः उडान सुरु गर्दैछ। युएईको फ्लाई दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ।

सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजना अगाडि बढाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी २७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५ सम्मको 'विन्टर सेड्युल' बनाएको छ। नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।