काठमाण्डौ । कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ।अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा दुई जनालाई कालोमोसो दलिएको हो । महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई जनालाई कालोमोसो दलेका हुन् ।७० जना महाकालका कार्यकर्ता र स्थानीयले प्रहरी कार्यालय नजिकैको घरमा रहेका क्रिश्चियन धर्म प्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँरलाई कालो मोसो दलेको स्थानीयले बताएका छन् । आफूहरू जनवर
काठमाण्डौ । कैलालीको चुरेबाट पाँच किलो लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट चार किलो लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। आज (शनिबार) विहान ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीले गोप्य सूचनाको आधारमा होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती
भद्रपुर । बिर्तामोड चारपानेस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ ६:३० बजे मोटरसाइकल र बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना घाइते भएका छन ।दुर्घटनामा परी झापाको कनकाई नगरपालिका वडा नं. ८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको छ भने, उप्रेतीले चलाएको मे ५ प ७२४८ नम्बरको मोटरसाइकलले बसलाई ओभर टेक गर्ने क्रममा मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् ।मोटरसाइकलमा ३ जना सवार थिए। प्र –०२–००२ ख ०१४९ नम्बरको बस सग मोटरसाइकल ठोक्किएको थियो।मोटरसाइकलमा सवार अन्य २ जना कनकाई ५ का वर्ष ५९ का रबिरत्न सिटौला र बाह्रदशी ७ क
काठमाडौं । अवैध रुपमा भित्रिएको भारतीय चीजले नेपालमा उत्पादित चीजको बजार प्रभावित भएको छ । जसका कारण नेपाली चीज उद्योगहरु प्रभावित भएका छन् । दूधको मूल्य वृद्धिसँगै चीजको मूल्य वृद्धि गर्न बाध्य भएका उद्योगीहरु भारतबाट आएको सस्तो चीजसँग प्रतिस्पर्धा गर्न नसक्दा समस्या परेको गुनासो गरेका छन् । भारतमा तयार भएको चीज सस्तो पर्ने भएकाले नेपाली चीजको विक्रीमा समस्या भएको नेपाली उद्योगीहरुको गुनासो छ । सरकारले एकैपटक दूधमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दा चीजको भाउ पनि महङ्गो भएको इलामको सूर्योदय नगरपालिका–३ स्थित लक्की डेरी उद्योगका संचालक तुलु थिङ तामाङले बताए । भारतीय चीजले नेपाली बजार ओगटेको भन्
काठमाण्डौ । सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका-दुई झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत-तीन सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारीसाधन जाँच गर्ने क्रममा बिआर ५०बी १५४२ नंको मोटरसाइकल रोकी जाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले बताए । मोटरसाइकलको डिक्की
काठमाण्डौ । बर्दियामा ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–३ बस्ने ५४ वर्षीय नोखे दमाइ रहेका छन ।हिजो (शुक्रबार) दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १३३७ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्री दमाइको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जानकारी दिएको छ ।
काठमाण्डौ । दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन्।पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन्। सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए।पुस ९ गते भैरहवामा परिवारसहित आएका पूर्वराजा यसअघि नवलपरासी बर्दघाट रहेको मन्दिरमा पनि पूजा गरेका थिए। उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो । उनी कहिले काठमाडौँ जाने अझैसम्म
काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ।गृह मन्त्रालयले मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिनका लागि समिति बनाउने निर्णय गरेको हो ।मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागे
एजेन्शी । बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् । स्थानीय समय अनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा आएको थियो ।आगलाागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारहरूलाई बताएका छन् ।बङ्गलादेशको प्रहरीले खचाखच भरिएको रेलमा आगजनी गरेको आरोपमा विपक्षी दलका सात सदस्यलाई शनिबार पक्
काठमाडौं । इस्लाम धर्मको सबैभन्दा पवित्र सहर साउदी अरबको मक्कामा सुनको ठूलो भण्डार फेला परेको छ । साउदीले भर्खरै यस्तो घोषणा गरेको हो । साउदी अधिकारीहरूले आफ्नो घोषणामा मक्का क्षेत्रको अल खुर्मा गभर्नरेटमा रहेको मन्सौराह मसारा सुन खानीबाट १०० किलोमिटर दक्षिणमा सुनको भण्डार फेला परेको बताए।साउदी अरेबियाको खानी कम्पनी द साउदी अरेबियन माइनिङ कम्पनी (माडेन) ले यस क्षेत्रमा धेरै सुनको भण्डार फेला परेको भन्दै यस क्षेत्रमा खानीको सम्भावना रहेको देखाएको छ । माडेनले सन् २०२२ मा सुन खोज्नको लागि बृहत् कार्यक्रम सुरु गरेको थियो र यो यसको प्रारम्भिक सफलता हो। मन्सुराह मसारा नजिकै सुनको भण्डार फेला परेपछि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.