मनोरञ्जन

    Showing 2,741-2,750 of 2,830 items.
  • नेपाल आइडलको निर्णायक टिम परिवर्तन

    बिर्तामोड / चर्चित फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको चौथो सिजनका लागि निर्णायक टिम परिर्वतन भएको छ। नयाँ निर्णायक टिममा  शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायकमा अनुबन्धित गरिएको हो। पहिलो देखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक रहेका थिए।यो सिजनमा नयाँ जज ल्याइएको हो । आफू निर्णायक मा अनुबन्धित पछि  गायक  एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले नेपाल आइडलमा आउँने आफ्नो सपना  पूरा भएको बताए । गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 224 पटक पढिएको
  • फिल्म क्षेत्रमा जो कोई टिकिरहन सक्दैन : राजेश हमाल

    बिर्तामोड / बिहीवार नयाँ बानेश्वरस्थित कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नायक राजेश हमालले  फिल्ममा जो कोही प्रवेश गर्न सक्ने भएकाले फिल्म क्षेत्र लोकतान्त्रिक भएको बताएका छन । अभिनय, निर्देशन, निर्माण जसले पनि गर्न सक्छ तर टिकिरहन जो पनि सक्दैन । पूँजी छ, चिनाजान छ भने सबैजना पहिलो फिल्ममा हिरो–हिरोइन बन्न सक्छन् । तर, पहिलो फिल्म नै दर्शकले स्वीकार गरेनन् भने त्यसपछि मरिहत्ते गरे पनि अगाडि बढ्न सकिन्न ,’ – हमालले भने ।कान्तिपुर फिल्म एकेमेडीका विद्यार्थीले निर्माण गरेको सर्ट फिल्मको स्क्रिनिङ र ग्राजुयशन पूरा गरेका विद्यार्थीहरुको विदाई कार्यक्

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 147 पटक पढिएको
  • युरोपियन युनियन फिल्म फेस्टिभल नियूफले लघु चलचित्र महोत्सवको आयोजना गर्दै

    बिर्तामोड / नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल नियूफको दसौं संस्करणमा लधु चलचित्र प्रतियोगिताको आयोजना हुँदैछ । लैङ्गिक समानताका विषयमा हुन लागेको उक्त प्रतियोगिता, असोजको १ देखि ९ गतेसम्म भर्चुअल रुपमा हुनेभएको छ ।  नेपाली चलचित्रकर्मी मात्र  सहभागी हुने उक्त प्रतियोगितामा चलचित्रकर्मीले आफ्नो चलचित्रलाई एमपी ४ फम्यार्टमा भदौ १५ सम्म मा  [email protected] पठाइसक्नुपर्नेछ नेपालमा लैङ्गिक विभेद,  लैङ्गिक समानताका विषयलाई छुने अन्य  विषयमा निर्माण भएको चलचित्रलाई प्रतियोगितामा सहभागी गराइनेछ । नेपालमा बोलिने जुनसुकै भाषामा बनेका चल

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 134 पटक पढिएको
  • दमकका तीन साहित्यकार ‘भारतीय अवार्ड’ बाट पुरस्कृत

    दमक / दमकका तीन साहित्यकार  ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत भएका हुन् ।विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्याए वापत उनीहरूलाई भारतको ७५ औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेको हो ।अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 207 पटक पढिएको
  • निर्देशक मदन घिमिरेले ३१ दिनमा ‘आँधी तुफान –२’को छायाँकन सके

    बिर्तामोड / मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तुफान –२’को छायाँकन सकिएको छ । ३१ दिन पछि चलचित्रको छायाँकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिएमहेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म  ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो । चक्र घर्ती मगरको निर्माण, रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको ‘आँधी तुफान –२’मा कनिजका कोइराला, आरती आचार्य, मुकुन्द थापा र रवि गिरी आदि कलाकारको अभिनय रहेको छ।‘आँधी तुफान –२’ मा एक पात्रको हत्याको अनुसन्धान, तीन युवतीले कसरी गर्छन भन्ने  कथा रहेको छ । धुलिखेल र काठमाडौंका रमणिय स्थानहरूमा छायाँकन गरिएको उक

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 151 पटक पढिएको
  • शाहरुख खानकी छोरी सुहानाको बलिउडमा डेब्यु

    बिर्तामोड / बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहानाले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । भारतीय मिडियाका अनुसार उनले निर्देशक जोया अख्तरको फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेकी हुन्। नेटफ्लिक्सका लागि बनाउन लागेको फिल्म टिनएजको कथामा आधारित हुने जोयाको भनाई छ । अहिले यूकेमा फिल्म मेकिङको कोर्स गरिरहेकी सुहानाले  सन २०१८ मा बनेको ‘द ग्रे पार्ट अफ ब्लू’ नामक सर्ट फिल्ममा काम गरेकी थिइन् ।  यसअघि पनि धेरै फिल्मबाट उनलाई प्रस्ताव आए पनि शाहरुखले अनुमति दिएका  थिएनन् । ‘निर्देशक जोया अख्तरले यसअघि  जिन्दगी ना मिलेगी दोबोरा’ फिल्मको निर्देशन गरिसकेकी छिन्  । उनले इ

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 225 पटक पढिएको
  • डिजिटल रिलिज हुँदै चलचित्र ‘एक’

    बिर्तामोड / मनोज पण्डित निर्देशक रहेको चलचित्र ‘एक’को डिजिटल मोसन पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ । नेपाली सिने क्षेत्रमा यो एउटा नौलो प्रयोगको सुरुवात हो ।  कोरोना महामारीका कारण यतिखेर सिने उद्योग नै धरापमा परेको अवस्थामा चलचित्र  ‘एक’ले भने  ‘डिजिटल रिलिज’ गर्ने भएको  छ । आउँदो असोज २१ गते घटस्थापनाबाट फिल्म डिजिटल प्लेटफर्महरू मार्फत रिलिज हुनेछ ।नेपाली राजनीतिमा हुने धोका षड्यन्त्र र बाहिय हस्तक्षेपको कथा रहेको चलचित्र  ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल रहेका छन  । उनी सिनेमामा एक गुप्तचरको भूमिका मा देखिएका छन् । राजनीत

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 185 पटक पढिएको
  • ‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल –२०२१’ को आयोजना हुँदै

    बिर्तामोड  / एकेज इभेन्ट एण्ड इन्टरटेनमेन्ट कम्पनीले  ‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल – २०२१’को आयोजना गर्ने भएको छ । प्रतियोगितामा १५ देखि २६ वर्ष उमेरका युवायुवतीले भागलिन पाउने छन् । त्यसका लागि उनीहरूले एक हजार रुपैयाँ सहित आवेदन फारम भर्नु पर्ने छ । प्रतिस्पर्धीको आत्मविश्वास, शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियाेगिताकाे देश व्यापी अडिसन मिति छिटै घाेषाणा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आयुष के. सिंहले जानकारी दिए । उक्

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 586 पटक पढिएको
  • हलिउडले बहिष्कार गर्यो अभिनेता जोनी डेपलाइ

    बिर्तामोड  / पाइरट्स अफ क्यारेबियन सिरिजका अभिनेता जोनी डेपलाई हलिउड इन्डस्ट्रीले बहिष्कार गरेको छ । उनकी पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले उनी विरुद्ध घरेलु हिंसाको आरोप लगाएपछि हलिउडले डेपलाई बहिष्कार गरेको हो ।एम्बर हर्ड संग सन् २०१५ मा विवाह गरेका जोनी डिपकोे एक वर्षमै सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि सामाजिक सञ्जालमा एम्बरले जोनीबारे नराम्रो कुरा फैलाउन थालेकी हुन्।जोनीले, आफूलाई बदनाम गरेको भन्दै एम्बर विरुद्ध ५० मिलियन अमेरिकी डलर क्षतिपूर्ति माग राखी मुद्दा हालेका छन् । सन् २०२० मा एक बेलायती सञ्चारमाध्यम जोनीलाई श्रीमती पिट्ने व्यक्ति भनेर समाचार प्रकाशन गर्यो, त्यसपछि

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 153 पटक पढिएको
  • बरिष्ठ छायाँकार भीम रानाको निधन

    काठमाडौँ / कोरोना संक्रमण सँग जुधिरहेका चलचित्र निर्माता एवं छायाँकार भिम रानाको निधन भएको छ ।  रानाको ५८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । काठमाडौं लाजिम्पाट निवासी रानाले सिनेमास्कोप प्रविधिमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण  लगायतका थुप्रै नेपाली चलचित्रको छायांकन गरेका छन् । उनले स्टिल क्यामेरादेखि करिअर सुरु गरेर ठूलो चलचित्र, एनएफडिसीको सिईओसम्म भएर काम गरेका थिए । छायाँकार गौरीशंकर धुजु ,चलचित्र कलाकार रविन्द्र खड्का लगायतका चलचित्रकमीर्ले राना संगै चलचित्रमा काम गरेको स्मरण गरेका छन् । साथै रानाको निधनमा थुप्रै चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् ।&n

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.