काठमाडौं// रियालिटी सो 'कमेडी च्याम्पियन२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले पाएका छन्। बिक्की अग्रवाल र सन्तोष थापालाई  पछि पार्दै पौडेलले उपाधि जितेका हुन्।

भारत सिक्किमका बिक्की अग्रवाल दोस्रो भएका छन् भने गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। 

OM Sai Pathibhara Hospital

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर  पौडेल निकै चर्चामा आएका थिए।

पहिलो बन्न सफल पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।

विक्की ले मोटरसाइकल पाएका छन् भने  सन्तोष थापाले स्कुटर जितेका छन्।बिक्की

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गरेका पौडेलको खुबीलाई दर्शकले अत्यधिक रुचाएका थिए। 

ताप्लेजुङवासी  रेडियो तमोरमा 'टेन्सन-फ्री' कार्यक्रम चलाउने उनले  भद्रगोल टेलिशृंखला समेत अभिनय गरेका छन्।

कमेडी  च्याम्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कार्यक्रमसमेत चलाएका थिए।

यसअघि पनि उनी ७ पटकसम्म 'पर्फमर अफ द शो' बनेका थिए।

त्यस्तै  टप-३ मा पुग्नुअघिको प्रस्तुतिमा विक्कीले 'पेन्टोमाइम' अभिनय रोजेका थिए। पेन्टोमाइमको  प्रस्तुतिपछि धेरैले विक्कीको पक्षमा मत दिएर फाइनलमा पुर्‍याएका थिए।

उनी सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय छन्। कमेडी च्याम्पियन नबने पनि बिक्कीले धेरैको मन जितेर फर्केका छन्। 

यता नाटकमा केही काम गरेको अनुभव भए पनि सन्तोष  प्रहरीबन्न हिँडेका थिए । कुनै बेला डिप्रेसनबाट बाहिर निस्कन कमेडी हेर्ने उनी कमेडी च्याम्पियनको पहिलो सिजनका प्रस्तुति हेरेर सोमा आउन लालयित भएका हुन्।

अरूको देखेर सिक्न सक्ने उनले हरेक नयाँ प्रस्तुतिलाई अघिल्लो प्रस्तुतिभन्दा उत्कृष्ट बनाउन प्रशस्त मेहनत गरेका थिए । उनको प्रस्तुतिलाई निर्णायकले सराहना गर्दै गए। 

टप-३ सम्म  सन्तोषले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालाको भूमिकामा दर्शकलाई हँसाएका थिए । सामाजिक सन्दर्भका व्यंग्य जोडे। 'नेपाली टिचर' उनको सर्वाधिक मन पराइएको प्रस्तुति  थियो।