काठमाडौं// अब चार वटा डिभाइसमा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने भएको छ।  

जोकोही प्रयोगकर्ताले पनि ह्वाट्सएप अपडेट गरी चार वटा डिभाइसमा एकैपटक  फिचरको बेटा भर्सन सुरु गर्न सक्छन् ।

OM Sai Pathibhara Hospital

फेसबुक स्वामित्वको म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले पछिल्लो समय आफ्ना प्रयोगकर्तालाई एकभन्दा बढी डिभाइसमा कनेक्ट गराउन मिल्ने सुविधा प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ । 

 यो फिचरले प्रयोगकर्तालाई मोबाइल, कम्युप्टर, ल्यापटपजस्ता चार वटा डिभाइसमा ह्वाट्सएप कनेक्ट  गरी प्रयोग गर्ने सुविधा दिने बताइएको छ ।

अन्य डिभाइसमा भने ह्वाट्सएपमा कनेक्ट भएपछि मोबाइलमा इन्टरनेट नभए पनि प्रयोग गर्न सकिने बताइएको छ ।