भद्रपुर / झापाको चन्द्रगढीमा साहित्यकार गणेश प्रसाद नेपालको ‘बेच्नुको एउटा जीवन आत्मकथा’ नामक कृतिको एक कार्यक्रम बीच  विमोचन गरिएको छ ।

लेखनाथ पुस्तकालय र वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको आयोजनामा पुस्तकालयको सभाहल चन्द्रगढीमा  शनिवार आयोजित कार्यक्रमका बीच कृतिको विमोचन गरिएको हो ।

OM Sai Pathibhara Hospital

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुसेली साहित्य प्रतिष्ठान काँकडभिट्टाका अध्यक्ष पुण्य खरेल लगायतका सहभागीहरूले कृतिको विमोचन गरेका थिए ।  

साहित्यकार कृष्ण सुवेदी निराकारले लेखकको जीवनी माथि  प्रकाश पारेको कार्यक्रममा पुस्तक चर्चा भने साहित्यकारद्वय भवानी क्षेत्री र तारा विविधले संयुक्त रुपमा गरेका थिए । 

पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा सहसचिव हरि न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेल, साहित्यकारहरू चुडामणि रेग्मी, होम सुवेदी, गंगाप्रसाद ओली, रघुनाथ रिमाल, समाजसेवी गणेश पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोलले गरेका थिए ।