पूर्वका चर्चित हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनिक भएको छ ।  ‘टीकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् ।

उनले पछिल्लो समय  ‘केराको थम्बा’,  ‘साली कमला –२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनिक गरिसकेका छन् । श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को स्वर र सङ्गीतमा रहेको उक्त गीतको जोनी योञ्जनले एरेन्ज रहेको छन् ।

OM Sai Pathibhara Hospital

सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै दिनेश कोइराला, रुविना गहतराज, कल्पना पाण्डे, संगीता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा हेमन्त तामाङको सम्पादन रहेको छ ।

उनका ‘ए बा किन्देउन भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।