बिर्तामोड / पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका राज कुन्द्राले एक सय १९ वटा पोर्न फिल्म बनाएको खुलासा भएको छ । 

कुन्द्राले आफ्नो एक सय १९ फिल्मलाई ८ करोड ८४ लाख रुपैयाँ भारुमा बेच्न चाहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । 

OM Sai Pathibhara Hospital

स्रोतका अनुसार उनको एउटा एप माथि प्रतिबन्ध लाग्दा अर्को एप समेत बनाएका थिए । कुन्द्राले डिजिटल मिडिया मार्फत अवैध ढङ्गले पैसा कमाउने तरिका अपनाएको  बताइएको छ । 

कुन्द्राले पक्राउ पर्नुअघि केही डाटा डिलिट गरेर आफूलाई बचाउन कोसिस गरे पनि मुम्बई प्रहरीले सप्लिमेन्ट्री चार्जसिट (पूरक आरोपपत्र) मा दिइएको विवरणका कारण उनको प्रयास सफल बन्न सकेन ।

गत फेब्रुअरीमा पोर्न फिल्म बनाएको भन्दै कुन्द्रा बिरूद्ध मुम्वइ प्रहरीमा उजुरी परेको थियो ।