काठमाडौँ / नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्  । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफूले छोरीलाई जन्म दिएको उल्लेख गरेकी छिन् । 

प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

OM Sai Pathibhara Hospital

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।