मनोरञ्जन

    Showing २,६३१-२,६४० of २,८६६ items.
  • सोफियाको छाउपडी गीत सार्वजनिक

    काठमाडौँ / गायिका सोफिया थापाको आवाजमा रहेको गीत ‘छाउपडी’ सार्वजनिक भएको छ । नेपाली समाजमा समस्याको रूपमा रहेको छाउपडीलाई अन्त्य गर्न गीतले आह्वान गरेको छ । गीतमा रमेश दाहालको शब्द रहेको छ भने संगीत तथा कम्पोज सोफियाकै रहेको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १५६ पटक पढिएको
  • ‘राति गुडनाइट भन्न ढोकासम्म पुगेँ तर जबरजस्ती गरिनँ' : पल शाह

    काठमाडौं / आफूविरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको कलाकार पल शाहले बयान दिएका छन् ।नवलपरासीको कावासोतीस्थित सरकारी वकिल सामू शाहले बयानका क्रममा राति गुडनाइट भन्न गएको भएपनि जबरजस्ती भने नगरेको बयान दिएको प्रहरी श्रोतले जनाएको छ ।सुटिङको समयमा छेउछाउको कोठामा बसेका उनीहरु दुवैलाई सुटिङ युनिटले नै होटल बुक गरिदिएको बताएको स्रोतले जनाएको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएको उक्त घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई बलात्कार गर

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १८१ पटक पढिएको
  • नम्रता मिस वर्ल्डका लागि अमेरिका जाँदै

    काठमाडौँ / ७० औं मिस वर्ल्डमा सहभागी हुन बिहीबार साँझ मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । कोरोनाको कारण रोकिएको प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ । श्रेष्ठलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘द हिडन ट्रेजर’का अध्यक्ष दिवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंसाकार र शरद श्रेष्ठ पुगेका थिए । मार्च १६ मा आयोजना हुन लागेको प्रतियोगिताको अन्तिमस्पर्धामा जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’ मा सहभागी हुन लागेको उनले बताएकी छिन् ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १३१ पटक पढिएको
  • अभिनेत्री मानन्धर नेकपा एमाले प्रवेश गर्दै

    काठमाडौँ / अभिनेत्री करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेकपा एमाले प्रवेशको गर्ने निर्णय गरेकी छन् । मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको जानकारी दिएकी छिन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको  भएको भेटवार्तामा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल पश्चात मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् ।निजी हिसाबले ‘एमालेमा लाग्ने निर्णय मैले यो निर्णय गरेको र राजनीतिमा लाग्ने यो राइट टाइम पनि रहेको मानन्धरले बताएकी छिन् । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय रहेकी उनी केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी थिइन् । उनलाई

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १५४ पटक पढिएको
  • नाबालिकाबारे फेसबुकमा अश्लिल स्टाटस लेख्ने महर्जन पक्राउ

    काठमाडौँ  / पल शाह प्रकरणमा जाहेरीकर्ता नाबालिकाबारे फेसबुकमा अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन् ।प्रहरीको साइबर ब्युरोले ललितपुर महानगरपालिका -२९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेका थिए । हिजो पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।आरोपीले फेसबुकमा उक्त सामग्री प्रकाशित गरेको ब्युरोको भनाइ छ । अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्ने अन्यलाई पनि खोजिरहेको ब्युरोले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १४८ पटक पढिएको
  • चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर पक्राउ

    काठमाडौं  / युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने थप दुईजना पक्राउ परेका छन् ।गम्भिर प्रकारको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रसारण गर्ने हरि परियार र निशान चिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।नेपाल मिडिया युट्युब च्यानल सञ्चालन गर्दै आएका परियार र विशाल नेपाल युट्युब च्यानल सञ्चालन गर्ने चिलवालमाथि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दुवैजनालाई ७ / ७ दिन म्याद थप गरी अनुसन्धान गरिहरेको प्रवक्ता एवं सूचना अधिकारी नविन्द्र अर्यालले जनाएका छन् ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १७१ पटक पढिएको
  • चम्सुरीको मिर्गौला प्रत्यारोपण गरिंदै

    बिर्तामोड / चर्चित हास्य कलाकार पल्पसा डंगोल ( चम्सुरी ) को बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् ।प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्नेछ । मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । त्यो खर्च जुटाउन संघले पहल गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।‘खर्च जुटाउन कलाकार संघ

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १३६ पटक पढिएको
  • बयानका लागि लगियो पल शाहलाई सरकारी वकिलको कार्यालय

    काठमाडौं / नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले बयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार बिहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै बयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ । गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैँडाकोटमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १४९ पटक पढिएको
  • ११२औँ अन्तराष्ट्रिय नारी दिवस आज , द रिडर्स स्कुलले पनि विभिन्न कार्यक्रम गरि मनायो

    रौतहट //११२औँ अन्तराष्ट्रिय  नारी दिवसको अवसर पारेर  द रिडर्स इन्टरनेशनल स्कुल गरुडाले विभिन्न कार्यक्रम गरि मनाएको छ। संसारलाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका रहँदै आएको रौतहट जिल्लाको  रिडर्स  स्कुलले भब्य रुपमा नारी दिवस मनाएको हो। समान नेतृत्वका लागि एक-अर्काको योगदानको कदर गर्दै नारी दिवस मनाइएको उक्त विद्यालयका प्रधानाध्यापक दिगम्बर यादवले जानकारी गराएका छन्। सो विद्यालयले हजारौ विद्यार्थीको सङ्ख्यामा र्याली  निकालेको थियो।उक्त र्यालीमा निस्किएका विद्यार्थीले "महिला हिंसा अन्त्य गरौँ ,दाइजो प्रथा अन्त्य गरौँ ,बालविवाह बन्द गरौँ ,"लगाएत लेखिएक

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • ५३१ पटक पढिएको
  • पल शाहलाई अनुसन्धानका लागी तनहुँबाट नवलपुर पुर्‍याइयो

    बिर्तामोड \ एकजना नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैँडाकोट लगिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरी शाहलाई ल्याएर आवश्यक अनुसन्धान थालिएको छ ।नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि नाबालिका गायिकाले आफूलाई जबरजस्ती करणी गरिएको भन्दै जाहेरी दिएकी थिइन् । पहिलो घटना त्यहीँ भएको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि पीडितका आफन्तले जाहेरी दिएपछि पललाई तनहुँबाट नवलपुर लगेर अनुसन्धान थालिएको हो । पललाई नवलपुरमा ल्याएपछि सरकारी वकिलसमक्ष राखेर बयान लिन लागिएको छ ।शाहलाई जिल्ला अदालत तन

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १३१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.