काठमाडौँ / ७० औं मिस वर्ल्डमा सहभागी हुन बिहीबार साँझ मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । कोरोनाको कारण रोकिएको प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ । 

श्रेष्ठलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘द हिडन ट्रेजर’का अध्यक्ष दिवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंसाकार र शरद श्रेष्ठ पुगेका थिए । 

OM Sai Pathibhara Hospital

मार्च १६ मा आयोजना हुन लागेको प्रतियोगिताको अन्तिमस्पर्धामा जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’ मा सहभागी हुन लागेको उनले बताएकी छिन् ।