बिर्तामोड \ एकजना नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैँडाकोट लगिएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरी शाहलाई ल्याएर आवश्यक अनुसन्धान थालिएको छ ।
नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि नाबालिका गायिकाले आफूलाई जबरजस्ती करणी गरिएको भन्दै जाहेरी दिएकी थिइन् । 
पहिलो घटना त्यहीँ भएको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि पीडितका आफन्तले जाहेरी दिएपछि पललाई तनहुँबाट नवलपुर लगेर अनुसन्धान थालिएको हो । 

OM Sai Pathibhara Hospital

पललाई नवलपुरमा ल्याएपछि सरकारी वकिलसमक्ष राखेर बयान लिन लागिएको छ ।

शाहलाई जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ । 

शाहले जाहेरी परेको पाँच दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा गिरफ्तारी दिएका थिए । 

यो प्रकरणमा नवलपुर र तनहुँमा जाहेरी परेकाले दुवै जिल्लाका प्रहरीले अनुसन्धान अघि बढाएका छन् ।