काठमाडौं  / युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने थप दुईजना पक्राउ परेका छन् ।

गम्भिर प्रकारको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रसारण गर्ने हरि परियार र निशान चिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

नेपाल मिडिया युट्युब च्यानल सञ्चालन गर्दै आएका परियार र विशाल नेपाल युट्युब च्यानल सञ्चालन गर्ने चिलवालमाथि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दुवैजनालाई ७ / ७ दिन म्याद थप गरी अनुसन्धान गरिहरेको प्रवक्ता एवं सूचना अधिकारी नविन्द्र अर्यालले जनाएका छन् ।