काठमाडौं / नाबालिग किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले बयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार बिहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै बयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ । गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैँडाकोटमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।