काठमाडौं / आफूविरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको कलाकार पल शाहले बयान दिएका छन् ।नवलपरासीको कावासोतीस्थित सरकारी वकिल सामू शाहले बयानका क्रममा राति गुडनाइट भन्न गएको भएपनि जबरजस्ती भने नगरेको बयान दिएको प्रहरी श्रोतले जनाएको छ ।

सुटिङको समयमा छेउछाउको कोठामा बसेका उनीहरु दुवैलाई सुटिङ युनिटले नै होटल बुक गरिदिएको बताएको स्रोतले जनाएको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएको उक्त घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

OM Sai Pathibhara Hospital

 ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट पल शाहलाई गैडाकोटमा ल्याइएको थियो । 

गैडाकोटमा संकलित प्रमाण र बयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।