रौतहट //११२औँ अन्तराष्ट्रिय  नारी दिवसको अवसर पारेर  द रिडर्स इन्टरनेशनल स्कुल गरुडाले विभिन्न कार्यक्रम गरि मनाएको छ।

संसारलाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका रहँदै आएको रौतहट जिल्लाको  रिडर्स  स्कुलले भब्य रुपमा नारी दिवस मनाएको हो। 

OM Sai Pathibhara Hospital

समान नेतृत्वका लागि एक-अर्काको योगदानको कदर गर्दै नारी दिवस मनाइएको उक्त विद्यालयका प्रधानाध्यापक दिगम्बर यादवले जानकारी गराएका छन्। सो विद्यालयले हजारौ विद्यार्थीको सङ्ख्यामा र्याली  निकालेको थियो।

उक्त र्यालीमा निस्किएका विद्यार्थीले "महिला हिंसा अन्त्य गरौँ ,दाइजो प्रथा अन्त्य गरौँ ,बालविवाह बन्द गरौँ ,"लगाएत लेखिएको प्लेकार्ड बोकेर विभिन्न नारा लगाएका थिए। विद्यालय देखि निकालिएको र्यालीले गरुडाको मुख्य चौक हुँदै बजार परिक्रमा गरेको थियो। 

कार्यक्रम लाइ सम्बोधन गर्दै प्रधानाध्यापक यादवले "व्यवहार एक व्यक्तिबाट सुरु हुन्छ र समाजमा दीर्घकालीन अभ्यास रहिरहने हुन्छ ।लैङ्गिक समतामूलक समाज निर्माण गर्नका लागि प्रतिबद्ध बनौँ ।

साथै, नेतृत्व लिन र स्विकार्न तत्पर रहौँ।हरेक अवस्थामा मानव-अधिकारको सम्बोधन हुने गरी महिलाको नेतृत्वलाई सुनिश्चित गर्ने प्रतिबद्धताका साथ ११२औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको उनले बताएका छन्।

कम समयमा नै शिक्षा क्षेत्रमा छुटै नाम कमाउन सफल रहेको यस द रिदर्स इन्इन्टरनेशनल स्कुलले विगत ५ वर्षदेखि यस विद्यालयले विभिन्न प्रकारका कार्यक्रम गरी जेष्ठ नागरिक सम्मान,मिहिनेती र जेहेन्दार छात्र र छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ l