काठमाडौँ  / पल शाह प्रकरणमा जाहेरीकर्ता नाबालिकाबारे फेसबुकमा अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले ललितपुर महानगरपालिका -२९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेका थिए । हिजो पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

आरोपीले फेसबुकमा उक्त सामग्री प्रकाशित गरेको ब्युरोको भनाइ छ । अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्ने अन्यलाई पनि खोजिरहेको ब्युरोले जनाएको छ ।