काठमाडौँ / अभिनेत्री करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेकपा एमाले प्रवेशको गर्ने निर्णय गरेकी छन् । मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको जानकारी दिएकी छिन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको  भएको भेटवार्तामा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल पश्चात मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् ।

निजी हिसाबले ‘एमालेमा लाग्ने निर्णय मैले यो निर्णय गरेको र राजनीतिमा लाग्ने यो राइट टाइम पनि रहेको मानन्धरले बताएकी छिन् । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय रहेकी उनी केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी थिइन् । 

OM Sai Pathibhara Hospital

उनलाई केही दिनमै एक कार्यक्रम गरेर पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ । यसअघि मानन्धरले ओलीको प्रशंशा गर्दै आएकी थिइन् भने ओलीले आफूलाई बारम्बार फोन गरेको बताउँदै आएकी थिइन् । कक्षा १२ को परीक्षा दिँदा आफूलाई ओलीले परीक्षाबारे सोधिखोजी गरेको भन्दै सार्वजनिक रुपमा खुशी व्यक्त गरेकी थिइन् भने त्यतिबेला पनि उनले ओलीलाई बालकोटमै पुगेर भेटेकी थिइन् ।