मनोरञ्जन

    Showing 2,551-2,560 of 2,830 items.
  • सौन्दर्य प्रतियोगी बलात्कार प्रकरण : बलात्कारका आरोपी पाण्डेविरुद्ध म्याद थपको तयारी

    काठमाडौं / सौन्दर्य प्रतियोगिताका क्रममा आठ वर्ष अघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध प्रहरीले म्याद थपको तयारी भएको छ।आज म्याद थपका लागि उनलाई अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ। पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ थियो। उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद थप गर्ने तयारी गरिएको छ।बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। पाण्डेकै समूहले सन् २०१४ मा मिस ग

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 142 पटक पढिएको
  • 'सत्यम्' को शीर्ष गीत सार्वजनिक

    काठमाडौं / फिल्म छायाङ्कनमा जाने टुंगो नलाग्दै निर्माताले ‘सत्यम् : राइजिङ अफ द हिरोज्’ को शीर्ष गीत सार्वजनिक गरेका छन् ।राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट मंगलबार रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत रहेको छ ।  राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट गीतमा अभिनेता हमलालाई मात्र फिचर्ड गरिएको छ । 

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 137 पटक पढिएको
  • ' नाइँ नभन्नु ल ६ ' मा आँचल र आशीर्वाद

    काठमाडौं / आगामी भदौदेखि छायांकन सुरु हुने नाइँ नभन्नु ल ६ को मुख्य भूमिकामा अभिनेत्री आँचल शर्मा र अभिनेता आशीर्वाद बराल रहने भएका छन् । फिल्ममा यी दुई कलाकारसँग मौखिक सहमति भएको जानकारी निर्देशक विकास आचार्यले दिए । निर्देशक तथा निर्माता आचार्यले अहिले फिल्मको पटकथा लेखिरहेका छन् । प्रेमकथा र बालमनोविज्ञानमा निर्माण भएका अघिल्ला पाँचै सिरिजले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । ‘सलोनजीले खेल्ने वा नखेल्ने टुंगो छैन । अहिलेसम्म आशीर्वाद र आँचल नै फाइनल हुनुभएको छ,’ आचार्यले  भने । 

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 141 पटक पढिएको
  • वीरगञ्जकी मुस्कानको पढाइको जिम्मा अभिनेता सोनुले लिए ( भिडियो सहित )

    काठमाडौँ / भारतका चर्चित बलिउड अभिनेता सोनु सुदले विरगञ्जकी मुस्कान कर्णको पढाइको जिम्मेवारी लिएका छन् । वीरगञ्जको साउथ जोन पब्लिक स्कुलमा अध्ययनरत कर्णको पढाइको जिम्मेवारी अभिनेता सुदले लिएका हुन् । सूद फाउण्डेसनको माध्यमबाट सोनु सूदले मुस्कानको पूरा जीवनको शिक्षाको जिम्मेवारी सम्हालेको सूदले ट्वीटरमार्फत जानकारी दिएका छन् । सूदले भनेका छन्, सबै नेपालीलाई भनिदिनु, अब तिम्रो पूरा जीवनको शिक्षाको व्यवस्थापन भयो ।’ सो भिडियोमा मुस्कानले सूदलाई धन्यवाद भनेकी छन् ।  Thank You @SonuSood Sir & @931Samaira Mam. You are a True HERO, Sir. You gave my family a New

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 151 पटक पढिएको
  • भुवन केसी र श्वेता खड्काले गरे कांग्रेसमा प्रवेश

    काठमाडौं / अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्काले पनि सत्तारुढ दलका रुपमा रहेको काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रम मार्फत  केसी र खड्काले काँग्रेस प्रवेश गरेका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पनि काँग्रेस प्रवेश गरेका छन् । उनीहरूलाई अभिनेता निर शाह लगायतले कांग्रेसमा प्रवेश गराउनका लागि लागि पहल गरेको जनाइएको छ ।एमालेमा संलग्न रहेका अभिनेता केसी निष्क्रिय जस्तै देखिएपछि अहिले भने उनले काँग्रेस प्रवेश गरेका छन् । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयर

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 156 पटक पढिएको
  • पललाई भेट्न दुर्गेश तनहुँ कारागार पुगे

    तनहुँ / नाबालिका बलात्कार गरेको आरोपमा कारागारमा रहेका अभिनेता पल शाहलाई भेट्न गायक दुर्गेश थापा कारागार कार्यलय तनहुँ पुगेका छन् । यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग गायिकालाई उचालेको आरोप लाग्दै आएको थियो । पलले समेत आफूलाई दुर्गेश सहित केही साथीले फसाएको बताएका थिए ।तर, दुर्गेशले बारम्बार आफ्नो यसमा केही भूमिका नभएको र आफूले कसैलाई नउस्काएको बताएका छन् । उनले अदालतमा पललाई सहयोग हुने गरि बयान पनि दिएका थिए । दुर्गेशले सपरिवार गएर पल शाहलाई भेट्का हुन् । 

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 203 पटक पढिएको
  • रचना रिमालले अब फिल्मका गीतमा पनि स्वर दिने

    काठमाडौँ / पछिल्लो समयकी लोकप्रिय गायिका मानिएकी रचना रिमालले अब फिल्मका गीतहरूमा स्वर दिने भएकी छिन् । लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ र राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’मा रचनाको स्वर रहने भएको छ ।दुई वर्षको छोटो अवधिमा १ हजार बढी गीतमा गुञ्जिएको उनको स्वर अब फिल्ममा समेत गुञ्जिने भएको हो । रचनाले ‘धुर्मुस–सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’मार्फत पाश्र्व गायनको यात्रा शुरु गरेकी हुन् । यद्यपि, यो फिल्म हलमा रिलिज नभएर ओटीटी प्लेटफर्ममा सार्वजनिक भइसकेको छ । ‘यी फिल्मका लागि गीत गाईसकेकी छु,’ रचनाले भनिन् ‘अर्को एउटा फिल्मको गीत पनि गाईसकेकी छु । अन्य फिल्मका ला

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 205 पटक पढिएको
  • जेठदेखि अन्तर्राष्ट्रिय बजारमा पनि म यस्तो गीत गाउँछु २ प्रदर्शन हुने

    काठमाडौं  / पूजा शर्मा र पल शाह अभिनीत म यस्तो गीत गाउँछु २ आगामी जेठ महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन सुरु हुने भएको छ । सुदर्शन थापा निर्देशित अन्तर्राष्ट्रिय वितरणको जिम्मा नेपसिने कम्पनीले लिएको छ । निर्माताद्वय सुदर्शन थापा र पूजा शर्मासँग नेपसिनेका विधान कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।उत्तर अमेरिका सहितका मुलुकमा कम्पनीले लागत बाँडफाँडको मोडलमा वितरण अधिकार लिएको हो । जेठ दोस्रो सातादेखि अमेरिकासँगै विदेश प्रदर्शन सुरु हुने कार्कीले जानकारी दिए ।  

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 137 पटक पढिएको
  • अभिनेत्री वर्षा सिवाकोटीको मेहन्दी (फोटोफिचर)

    काठमाडौँ  / अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले हिजो (शुक्रबार) अमेरिकामा बस्ने प्रेमी आशिष गेलालसँग बिहे गरेकी हुन् । उनले आफू वैवाहिक बन्धनमा बाँधिएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकी छन्। ‘हामीले जीवको नयाँ अध्ययन सुरु गरेका छौं। माया र सद्भावका लागि सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’ उनले उल्लेख गरेकी छन्। वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । सिवाकोटीले विवाहको अघिल्लो दिन बिहीबार उनको रेसु भिल्लामा मेहन्दी समारोह आयोजना भएको थियो । जसको तस्बिर उनले अहिले सार्वजनिक गरेकी छन् ।केही दिन अघि मात्र अभिनेत्री केकी अधिकारील

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 166 पटक पढिएको
  • सुटुक्क विवाह गर्दै नायिका वर्षा सिवाकोटी

    काठमाडौँ / नायिका वर्षा सिवाकोटीले गुपचुप रुपमा विवाह गर्न लागेकी छिन् । हालै मात्र अमेरिका बाट फर्किएकी उनले आज लगन गाँठो कस्ने भएकी हुन् । पारिवारिक सदस्य र निकट साथीहरूले सानो जमघटमा उनले बिहे गर्न लागेको बताए । वर्षाले अमेरिकामा बसोबास गर्दै आएका प्रेमीसँग विवाह गर्न लागेकी हुन् । वर्षाको प्रेमीको नाम भने सार्वजनिक गरिएको छैन् । 

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 146 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.