झापा  / निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिने भएकी छिन् । 

आफ्ना निजी तस्बिरहरू अनुमति बिना सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले करिश्माविरुद्ध उजुरी दिन लागेकी हुन् । 

OM Sai Pathibhara Hospital

गत महिना करिश्माले निहारिकाको केही तस्बिरहरू सामाजिक जन्जालमा सार्वजनिक गरेकी थिइन् । सार्वजनिक तस्वीरमा निहारीका एक युवकसित अन्तरंग सम्बन्धमा रहेकी थिइन् ।

केही महिना अघि अनशनमा बसेकी निहारिकालाई उक्त समय करिश्माले उनी र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गर्दै छोरा लिएर आफ्नो घरमा आउन आग्रह गरेकी थिइन् । 

उनले फेसबुकमा लेखेकी थिइन्, ‘मेरो भाइ बिनोदजीको म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईटा हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’

जनकपुरका शिवराज श्रेष्ठले ललाइफकाइ बन्धक बनाएर बलात्कार गरेको र बलात्कारपछि बच्चा जन्मिएकाले दोषीलाई कारवाही र बच्चाको डीएनए परीक्षणको काम गर्दै नीहारिका लामो समयदेखि अनशनरत थिइन् ।