पोखरा / अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । 

OM Sai Pathibhara Hospital

मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्ये एक खाले फैसला आउन सक्नेछ ।

गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।