काठमाडौं / काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र कर तिर्न निर्देशन दिएको हो ।

फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौँदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको महानगरको आरोप छ । 

OM Sai Pathibhara Hospital

तोकिएको अल्टिमेटम भित्र हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने महानगरले चेतावनी दिएको छ । 

समाजकल्याण परिषद्को स्वामित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।