झापा / ‘प्रेमगीत ३’ को भारतमा प्रदर्शनबारे बलिउड स्टार तथा नेपालका ज्वाइँ  गोविन्दाको साथ दिने भएका छन् । गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवर्द्धनमा आफूले सघाउने बताएका छन् ।

‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’ गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी थिए । 

OM Sai Pathibhara Hospital