झापा / चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्धको रिटमा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । 

सरकारले शैक्षिक योग्यता नपुगेको व्यक्तिलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गरेको भन्दै फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले दायर गरेको रिटको आज सुनुवाइ हुने भएको हो । 

OM Sai Pathibhara Hospital

उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ ।

केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।