एजेन्सी / लिउड अभिनेता सलमान खानको हत्या गर्ने धम्की आएको केही समयपछि उनको रेकी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिल पण्डित रहेका छन् । 

पञ्जाबी र्‍यापर तथा गायक सिद्धु मुसेवालाको हत्या भएको केही दिनपछि गत जुन ५ मा सलमान खान र उनका बुबा सलीम खानलाई मार्ने धम्कीसहितको पत्र आएको थियो जसमा उनीहरूलाई सिद्धु मुसेवालाजस्तै बनाइने चेतावनी दिइएको थियो । 

OM Sai Pathibhara Hospital

सलमान र उनका बुबालाई त्यस्तो धम्की आएपछि भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ । त्यस क्रममा सलमानको रेकी गरिरहेका कपिल पण्डितलाई प्रहरीले पक्राउ गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ। 

पञ्जाब प्रहरीका डीजीपी गौरव यादवका अनुसार आरोपित पण्डितले आफू सचिन विष्णोई र सन्तोष यादवसँग लरेन्स विष्णोईको निर्देशनमा सलमान खानको रेकी गर्न मुम्बई पुगेको बयान दिएका छन्। यस विषयमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। 

यसैबीच सिद्धु मुसेवाला हत्या प्रकरणमा अहिलेसम्म ३५ जनामध्ये २३ जना पक्राउ गरिएको टीजीपी गौरव यादवले बताएका छन्। मुठभेडमा दुई अभियुक्तको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यसअघि पनि खानलाइ पटक पटक मार्ने धम्की अाइरहने गरेकाे थियाे ।