काठमाडौं / आजबाट हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । मल्टिस्टारर फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन् । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनिधि तिवारीको कथामा आधारित छ । यो सोसल ड्रामा फिल्मले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्कन्छ भन्ने सन्देश यस फिल्ममा छ ।

OM Sai Pathibhara Hospital
मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्माको प्रमुख भूमिका रहेको फिल्मको गीत यसअघि नै हिट भैसकेको छ । महालक्ष्मी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’ मा आधारित फिल्म बनाइसकेका देउजाको यो अर्को कृतिमा आधारित फिल्म हो ।

सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई लभस्टोरी रुचाउने दर्शकले मन पराउन सक्छन्  । बेलायतमा छायांकन गरिएकाले पनि दर्शकका लागि लोकेसन रुचिकर हुनसक्छ ।