झापा / ‘चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ । गायिका विष्णु माझीको स्वरमा गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भएको हो । 

गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान् सुन्दरमणि अधिकारीले दिएका छन् । गीतमा ललिता पौडेलको अभिनय रहको छ भने यसलाई शम्भु चालिसेले खिचेका हुन् । गीतको भिडियोमा निर्देशन पनि अधिकारीको नै रहेको छ ।