आर्थिक

    Showing 2,701-2,710 of 3,273 items.
  • सुनचाँदीको भाउ घट्यो

    काठमाडौँ  /  शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । घटेको मूल्यअनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 70 पटक पढिएको
  • बिर्तामोड नगरक्षेत्र भित्र तोकियो अटो टेम्पोको नयाँ भाडादर (सूचीसहित)

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र सञ्चालित अटो टेम्पोको नयाँ भाडादर तोकिदिएको छ । सरकारले पेट्रोलियम पर्दाथको मूल्यवृद्धि गरेको भन्दै अटो टेम्पो व्यवसायीहरूले भाडा वृद्धिको माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर तोकिदिएको हो । अटो व्यवसायीहरूले मूल्य वृद्धि माग गरेपछि नगरपालिकाले कार्यपालिकाका सदस्य निता घतानीको संयोजकमा सिफारिस समिति बनाएको थियो । सोही समितिले मंसिर १६ गतेको कार्यपालिका बैठकमा प्रस्ताव गरे अनुसार नयाँ भाडादर तय भएको हो  बिर्तामोडको मुक्तिचोक देखि २ किलोमिटरभित्र ३० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर १० रुपैयाँ बढाउदै जाने निर्ण

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 149 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य कति ?

    काठमाडौँ  / आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको बजार मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।स्थिर मूल्य कायम भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ । हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जानकारी दिएको छ । जसअनुसार, आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 99 पटक पढिएको
  • एलिट कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौं / सरकारले ६ वटा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।सो कार्यालयले निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २–२ वर्ष र एसएनसी, एसएमएस र त्रिदेव निर्माण सेवालाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर उक्त कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 98 पटक पढिएको
  • आज ५३ अङ्कले घट्यो शेयर बजार

    काठमाडौँ  / शेयर बजार परिसूचक (नेप्से) आज बुधवार ५३ दशमलव १ अङ्कले घटेको छ । आज नेप्से ५३ दशमलव १ अङ्कले ५३ दशमलव १ अङ्कले घटेर दुई हजार चार सय ५५ दशमलव ८० विन्दुमा झरेको हो ।आज सबैभन्दा बढी सेयर बीमा, विकास बैंक, जलविद्युत्, व्यापार र माइक्रोफाइनान्स समूहको घटेको छ ।दुई सय २६ कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ । ६५ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ  । सामुदायिक लघुवित्त र एक्सेल विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 79 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । हिजो मंगलबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 97 पटक पढिएको
  • झापामा खुल्यो अलैंची प्रशोधन उद्योग

    बिर्तामोड / झापाको अर्जुनधारामा अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको छ । अर्जुनधारा–८ मा एभरेष्ट लार्ज कार्डम प्रालि नामको अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको हो ।  प्रदेश एकका पहाडी जिल्लामा उत्पादन हुँदै आएको अलैंची प्रशोधन गर्ने उद्देश्यले स्थापित उद्योगमा ७ करोड रुपैयाँ लगानी भएको बताईएको छ । उद्योगको एक कार्यक्रमका बिच सोमवार नायिका स्वस्तिमा खड्का र प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टिकाराज ढकालले शुभारम्भ गरेका छन् ।उद्योग शुभारम्भ कार्यक्रममा नायिका खड्कालाई उद्योगका उत्पादनको बजार बिस्तारका लागि ब्रान्ड एम्वेसडरमा नियुक्त समेत गरिएको थियो । उद्योगले मिजाज माउन्टे

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 81 पटक पढिएको
  • विमानस्थलबाट भित्रिएको सुनबाट एक सातामा सात करोड राजश्व संकलन

    काठमाडौँ / एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनबाट सात करोड रुपैयाँ राजश्व संकलन भएको छ । एक साताको अवधिमा भित्रिएको ५६ किलोग्राम सुनबाट सात करोड रुपैयाँ राजश्व संकलन भएको विमानस्थलका भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार गत मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्कने १५ सय ४१ जनाले नेपालीले विभिन्न गहना बनाएर ७२ किलोग्राम सुन नेपाल ल्याएका थिए । नेपाल ल्याएको सुन मध्ये १३ सय ४१ जनाले ५६ किलोग्राम सुनको कर तिरेका छन् भने बाँकी १८९ जनाले ल्याएको १६ किलोग्राम सुनको भने राजश्व तिरेका छैनन् । विदेशबाट नेपाल फर

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 111 पटक पढिएको
  • गायक सपूत प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा पुनःनियुक्त

    काठमाडौँ / प्रभु बैँकको ब्राण्ड एम्बास्डरमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूत नियुक्त भएका छन् । बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपूतलाई बैंकको ब्राण्ड एम्बास्डरमा पुनः नियुक्त गरेका हुन् । गत वर्ष नै प्रभु बैंकको ब्रान्ड एम्बस्डरमा नियुक्त भएका सपुतको कार्यअवधि समाप्त भएपछि थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 84 पटक पढिएको
  • आजको सुन चाँदीको बजार मूल्य

    आजको सुन चाँदीको बजार मूल्यझापा / आज नेपाली बजारमा छापावाला सुनको मूल्य हिजोको तुलनामा स्थिर रहि प्रतितोला ९२ हजारले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै महासङ्घका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रही प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार २०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 101 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा