काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोपियन युरोको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर रु १३३.४६ र बिक्रीदर रु १३४.०६ कायम भएको छ, जुन बुधबारको तुलनामा केही घटेको हो  । यसैगरी, युरोको मूल्य आज बढेर खरिददर रु १४९.२७ र बिक्रीदर रु १४९.९४ पुगेको छ ।

OM Sai Pathibhara Hospital

युके पाउण्ड स्ट्रलिङ पनि आज घटेर खरिददर रु १७८.४३ र बिक्रीदर रु १७९.२३ मा कायम भएको छ ।

अन्य मुद्रामा अस्ट्रेलियन डलर, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येन, चिनियाँ युआनलगायतको विनिमय दरमा पनि केही उतारचढाव देखिएको छ ।

26th