काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले उनलाई काठमाडौं महानगरपालिका–७ सिफल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनी बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दामा फरार प्रतिवादीका रूपमा खोजीमा रहेका थिए।सिआइबीका अनुसार रिमालको नाम दिपक भट्टसँग सम्बन्धित मुद्दामा जोडिएको छ। जिल्ला अदालत काठमाडौंमा जेठ २८ गते मुद्दा दायर हुँदा उनी फरार रहेकाले फरार प्रतिवादीकै रूपमा अभियोगपत्र पेश गरिएको थियो।
लामो समयदेखि सम्पर्कविहीन रहेका रिमाललाई पक्राउ गरेपछि प्रहरीले अदालतमा उपस्थित गराएको छ। अब उनीविरुद्धको कानुनी प्रक्रिया अदालतमार्फत अघि बढ्नेछ।
अनुसन्धान अधिकारीहरूका अनुसार मुद्दासम्बन्धी थप कानुनी प्रक्रिया जारी रहेको छ।




































