काठमाडौं । चर्चित उद्योगपति तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। सोही मुद्दाको प्रक्रियाअन्तर्गत पक्राउ गरिएका उनलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराइएको छ।प्रहरीले पक्राउको पुष्टि गर्दै मुद्दा न्यायिक प्रक्रियामै रहेकाले अनुसन्धान र अदालतको आदेशअनुसार थप प्रक्रिया अघि बढ्ने जनाएको छ।

उद्योग तथा व्यापारिक क्षेत्रमा परिचित व्यक्तिमाथि बैंकिङ कसुरको आरोपमा भएको पक्राउले व्यवसायिक वृत्तमा समेत चासो बढाएको छ।