काठमाडौं । सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध भ्रामक सामग्री प्रसारण गरेको आरोपमा वेदिका केसीलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको छ।
साइबर ब्यूरोका अनुसार केसीलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध साइबर कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ भने काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
प्रहरीको आरोपअनुसार केसीले सामाजिक सञ्जाल र विभिन्न युट्युब प्लेटफर्ममार्फत राधिका दासीलाई लक्षित गर्दै पुष्टि नभएका तथा भ्रामक सूचना सार्वजनिक गरेकी थिइन्। साइबर ब्यूरोले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





































